हाम्रा बारेमा

पाथिभरा खबर डटकम पाथिभरा खबर प्रा= लि=द्वारा सञ्चालित नेपाली र अंग्रेजी भाषाको नेपालकै नम्बर १ समाचार पोर्टल हो । यो नेपाल र नेपाल बाहिर रहेका सम्पूर्ण नेपालीको साझा न्यूज पोर्टल हो । यस न्यूज पोर्टल नेपाली जनताको त्याग तपस्या र वलिदानी संघर्षबाट प्राप्त उपलब्धीहरुलाई रक्षा, विकास र प्रयोगका साथै स्थापित संघिय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास गर्दैं देशलाई स्थायी शान्ती र समृद्धिको दिशामा लैजान हाम्रो यस पाथिभरा खबर डटकम अहोरात्र लाग्नुको साथै यसप्रति प्रतिवद्ध रहेकोछ । पाथिभरा खबर डटकम देशको सार्वभौकिता, राष्ट्रिय अखण्डता तथा स्वधिनता, जनताको मौलिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रता निम्ति निरन्तर लागि रहनुको साथै क्षेत्रिय, लिङ्खीय र धार्मिक असमानता र भेदभावको अन्त्यका निम्ति एवं जातिय सदभाव सर्वद्धन प्रति समर्पित छ ।

हामीले यस न्यूज पोर्टल मार्फत राष्ट्रिय राजनीतिक, सामाजिक र आर्थिक मुख्यतः देशको भ्रष्टाचार रोकथाम र नियन्त्रणका लागि विशेष केन्द्रित भई छिन छिनमा ताजा समाचार, खोजमूलक रिपोर्टहरुका अतिरिक्त शिक्षा, विज्ञान प्रविधि, साँस्कृतिक गतिविधि, जीवनशैली, स्वास्थ्य, खेलकूद, मनोरञ्जन र साहित्यसँग सम्बन्धित सामग्रीहरुका साथै अन्तर्रािष्ट्रय समाचार पोष्ट गरिरहेका छौं । हामी पाथिभरा खबर डटकम जसमा ७७ वटा जिल्लाका सत्य तथ्य र निष्पक्ष एवं सन्तुलित समाचारहरु प्राथमिकताका साथ प्रकाशित गरिरहने छौं ।

पाथिभरा खबर प्रा,लि. लागि अध्यक्ष
देवी तिवारी पराजुली
सम्पादक
विजय तिवारी
सह–सम्पादक
याम बहादुर नेपाली
अपडेटर
जोन पराजुली
खुम राज डुम्रे

पाथिभरा खबर डटकम सेवाहरुः–

तपाईं विश्वको जुनसुकै ठाउँबाट www.pathivarakhabar.com लाई login गरेर वा ट्वीटर, फेसबुक, युट्युव लगायतका सामाजिक सञ्जालबाट समेत हामीसँग जोडिन सक्नुहुन्छ । पाथिभरा अनलाइन न्युज टेलिभिजन ’पाथिभरा अनलाइन टीभी’ मार्फत् पनि हाम्रा समाचार वा अन्य प्रस्तुति हेर्न सक्नुहुन्छ । हाम्रो आग्रहः–

तपाईं पनि सूचना, तस्वीर, भिडियो, अडियो दिएर, विचार वा प्रतिक्रिया व्यक्त गरेर पाथिभरा खबर डटकममा सामेल हुन सक्नु हुनेछ । तर, पाथिभरा खबर डटकममा पठाउन चाहेको कुनै पनि सामग्री जुटाउनका लागि कानून उल्लंघन भने नगर्नु होला ।

राष्ट्रिय एकतामा खलल पुग्ने, साम्प्रदायिक, जातीय र धार्मिक सद्भावना बिथोलिने, गैह्रकानुनी, मिथ्या आरोप र गाली गलौजपूर्ण, अश्लील, कसैको बेइज्जती वा मानहानी हुने खालका र दुष्प्रचार गर्ने नियतले कुनै पनि सामग्री पाथिभरा खबर डटकममा नपठाउनु होला ।

यहाँहरुले पाथिभरा खबर डटकममा गर्ने कमेन्ट वा पठाउने सामग्री मौलिक, सत्य तथ्यमा आधारित, सन्तुलित, सृजनात्मक र शिष्ट हुनुपर्छ । नक्कली परिचय दिएर वा अश्लील वा अपमानजनक युजर नेमहरूको प्रयोग नगर्नु होला । एउटा सामग्री धेरै पल्ट वा उस्तै सामग्री बारम्बार वा कुनै छलफलमा विषय बाहिरका सामग्री पनि नपठाउनु होला ।

यो वेबसाइटमा भएका सामग्रीका सम्पूर्ण कपीराइट, ट्रेडमार्क, डिजाइनको अधिकार, पेटेन्ट र अन्य बौद्धिक सम्पत्ति माथिको अधिकार पाथिभरा खबर डटकम र यसबाट अनुमति प्राप्त निकाय वा संस्थाहरूमा निहित रहेकाले यसका सामग्री कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्नु अघि अनुमति लिनु होला ।

गैरव्यापारिक निजी प्रयोजनमा बाहेक पाथिभरा खबर डटकमको सामग्री नक्कल गर्न, तोडमोड गरेर वा हुबहु फेरि प्रकाशित गर्न अथवा डाउनलोड गर्न, पोष्ट गर्न, प्रसारण गर्न वा अन्य कुनैपनि गैह्रकानुनी कार्य गर्न पाईदैन । पाथिभरा खबर डटकमको पूर्व स्वीकृति बिना ती कार्य गरिएमा नेपालको र अन्तराष्ट्रिय कपिराइट कानुन वा अन्य कानुन बमोजिम कारबाहीको भागिदार हुनुपर्नेछ ।

तपाईं पाथिभरा खबर डटकमका नियम र शर्तहरू पालना गर्न तयार हुनुहुन्न भने यो वेबसाइट एक्सेस गर्ने, प्रयोग गर्ने वा यसमा आफ्ना कुराहरू पठाउने कष्ट नगर्नुहोला । सायद कदापी तपाइँबाट यसो हुनेछैन । हाम्रो विश्वास के छ भने तपाईं एक अनुशासित नागरिकका रुपमा हामीसँग सदा जोडिइरहनु हुनेछ ।

सत्य, तथ्य, निष्पक्ष अनि सन्तुलित नेपाली समाचार पोर्टल पाथिभरा खबर डटकममा यहाँहरु सबैलाई हार्दिक स्वागत छ ।

पाथिभरा खबर प्रा. लि.को खुशीको खबर

पाथिभरा खबर प्रा=लि= द्धारा अत्याधुनिक प्रविधिसहित “पाथिभरा खबर टेलिभिजन” निकट भविष्यमा नै स्वदेश तथा विदेश स्थित दर्शक माझ आउनेछ ।

Pathivara Khabar Pvt.Ltd

सुचना विभाग दर्ता नम्बर :1272/075/076

Information Department Regd No. : 1272/075/076

कम्पनी रजिस्टर्ड नं. : 209375/075/076

Company Registration No. : 209375/075/076

ठेगानाः काठमाडौं-३२, पुरानोसिनामंगल, काठमाडौं, नेपाल
Address : Kathmandu-32, Puranosinamangal, nepal
Email : pathivarakhabar1@gmail.com
Facebook : pathivara khabar
Contact : 9849529890